ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
तेह्रथुममा एमालेका भानुभक्त ढकालको अग्रता
2082 General Results

तेह्रथुममा एमालेका भानुभक्त ढकालको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:38 PM 46 views
तेह्रथुम । तेह्रथुममा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राख्दै मतान्तर बढाएका छन्। पछिल्लो मत परिणामअनुसार ढकालले ४ हजार १ सय ७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले ३ हजार ७ सय ८० मत प्राप्त गर्दै ढकाललाई पछ्याइरहेका छन्। एमाले उम्मेदवार ढकाल र कांग्रेस उम्मेदवार सुव्वाबीच […]

तेह्रथुम । तेह्रथुममा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राख्दै मतान्तर बढाएका छन्। पछिल्लो मत परिणामअनुसार ढकालले ४ हजार १ सय ७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले ३ हजार ७ सय ८० मत प्राप्त गर्दै ढकाललाई पछ्याइरहेका छन्।

एमाले उम्मेदवार ढकाल र कांग्रेस उम्मेदवार सुव्वाबीच हाल ३ सय २७ मतको अन्तर रहेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले ३ हजार ४ सय ७ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बुले १ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २ सय ७७ मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाका अनुसार जिल्लामा खसेको कुल ३९ हजार २ सय ९७ मतमध्ये हालसम्म १४ हजार १ सय ७३ मत गणना सम्पन्न भइसकेको छ। यस क्रममा ६ सय १७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। बाँकी मत गणना जारी रहेको र आगामी केही घण्टाभित्र थप परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ।

results election 2082