2082 General
Results
महोत्तरी-३ मा रास्वपाका उज्ज्वलले ५८४ मत ल्याउँदा महन्थकी छोरीको जम्मा ४ मत
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:12 PM
43 views
महोत्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वल कुमार झाले अग्रता लिएका छन् ।  मतगणनाको प्रारम्भिक रुझानमा झाले ५८४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार राम आधार कापरले ११४, स्वतन्त्र उम्मेदवार हरिनारायण यादवले ५६ मत ल्याएका छन्  ।  त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका राजकिशोर साह सुडीले २४ मत, नेपाली कांग्रेसका बजरंग नेपालीले १५ र जनता समाजवादी पार्टीका मिनाक्षी ठाकुरले ४ मत ल्याएका छन् ।  मिनाक्षी जसपा नेपालका संरक्षक तथा राष्ट्रियसभा स...
महोत्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वल कुमार झाले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक रुझानमा झाले ५८४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार राम आधार कापरले ११४, स्वतन्त्र उम्मेदवार हरिनारायण यादवले ५६ मत ल्याएका छन् । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका राजकिशोर साह सुडीले २४ मत, नेपाली कांग्रेसका बजरंग नेपालीले १५ र जनता समाजवादी पार्टीका मिनाक्षी ठाकुरले ४ मत ल्याएका छन् । मिनाक्षी जसपा नेपालका संरक्षक तथा राष्ट्रियसभा सदस्य महन्थ ठाकुरकी छोरी हुन् ।
results
election 2082