काठमाडौं । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्।
कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै जित निकालेका हुन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत ल्याएका छन् । गौचनले विष्टलाई १ हजार ५ सय १ मतान्तरले हराउँदै स्पष्ट जित हात पारेका हुन् । यसैगरी, रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गर्दा नेकपाका ङुटुक गुरुङले १५१ मत पाएका छन् ।
राप्रपाका कमला लालचनले १६१ मत पाएकी छन् । मुस्ताङमा यसपटक ६ हजार ३९७ मत खसेको थियो । यहाँ ११ हजार ३२८ मतदाता छन् ।
The post मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, योगेश गौचन निर्वाचित appeared first on RONB post.