धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच निर्वाचन क्षेत्रमा मतदान सुरु भएर प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।
तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । कैलाली ५ मा पनि उसले अग्रता लिएको छ । कैलालीको १ मा नेपाली काग्रेसले अग्रता लिएको छ ।
कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी, २ मा दीपक बोहरा र ३ मा ज्ञानेन्द्र महताले सुरुवातदेखि नै आग्रता कायम राखेका छन् । यस्तै कैलाली ५ मा रास्वपाका आनन्दबहादुर चन्द अगाडि छन् ।
कैलाली क्षेत्र नम्बर १ मा भने नेपाली काग्रेसले अग्रता लिएको छ । कांग्रेसका जनक चौधरीले सुरुवातदेखि अग्रता लिएका हुन् ।
The post सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा मतगणना सुरु, चारमा रास्वपा, एकमा कांग्रेस अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....