ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता
2082 General Results Update

रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:57 PM 78 views
<p>काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा रुकुम पूर्वबाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो बलियो पकड कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै ठूलो मतान्तरले पछि पार्दै एकतर्फी अग्रता लिएका हुन् । हालसम्मको गणना अनुसार प्रचण्डले ४ हजार ३९८ मत प्राप्त गरिसकेका छन् । उनलाई नेपाली [&#8230;]</p> <p>The post रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्...

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा रुकुम पूर्वबाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो बलियो पकड कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै ठूलो मतान्तरले पछि पार्दै एकतर्फी अग्रता लिएका हुन् ।

हालसम्मको गणना अनुसार प्रचण्डले ४ हजार ३९८ मत प्राप्त गरिसकेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापाले पछ्याइरहेको भए तापनि मतान्तर निकै उच्च देखिएको छ । थापाले हालसम्म जम्मा १ हजार २६१ मत प्राप्त गरेकी छन् । प्रचण्ड र थापाबीचको यो अन्तरले चुनावी नतिजा प्रचण्डको पक्षमा सहज बन्ने संकेत गरेको छ ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार लिलामणी गौतम चुनावी प्रतिस्पर्धामा तेस्रो स्थानमा खुम्चिएका छन् । पछिल्लो विवरण अनुसार गौतमको पक्षमा ९०७ मत मात्रै खसेको छ ।

The post रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082