ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मुस्ताङमा काँग्रेसका योगेश  गौचन थकाली निर्वाचित
2082 General Results Update

मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:02 PM 84 views
<p>पोखरा । मुस्ताङ जिल्लामा नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तरगत शुक्रबार सम्पन्न अन्तिम मतगणनामा उनले नेकपा (एमाले) उम्मेदवार इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरी दोस्रोपल्ट संघको चुनाव जितेका हुन् । उनले ३ हजार ३०७ मत ल्याउँदा इन्द्रधाराले १ हजार ८०६ मत प्राप्त गरेका छन् । [&#8230;]</p> <p>The post मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैन...

पोखरा । मुस्ताङ जिल्लामा नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तरगत शुक्रबार सम्पन्न अन्तिम मतगणनामा उनले नेकपा (एमाले) उम्मेदवार इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरी दोस्रोपल्ट संघको चुनाव जितेका हुन् ।

उनले ३ हजार ३०७ मत ल्याउँदा इन्द्रधाराले १ हजार ८०६ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार अद्धितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरे । जिल्लामा ५६ प्रतिशत मत खसेको थियो । योगेश मात्र ३२ वर्षका भए । उनी नेपाली काँग्रेस जिल्ला सभापति रोमी गौचन थकालीका छोरा हुन् ।

२०७९ को प्रतिनिधि सभा सदस्य चुनावमा योगेशले एमालेकै उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका थिए । थासाङ गाउँपालिकाको लेतेका स्थायी वासिन्दा योगेश पर्यटन व्यवसायीसमेत हुन् ।
गण्डकी प्रदेशमा कुल १८ क्षेत्रमध्ये पहिलो नतिजा मुस्ताङबाट आएको हो ।

The post मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082