काठमाडौं । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना जीत नजिक पुगेकी छन् । दर्शनाले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् ।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली काँग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन् । हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन् ।
The post काठमाडौं–१ बाट रञ्जु दर्शना जीत नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....