काठमाडौं । प्रतितिधि सभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेस अनुकूल परिणाम नदेखिएपछि उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको तर्क गरेका छन । गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित अग्रता लिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् ।
उपसभापति शर्माले ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागत गरेको स्मरण गर्दै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागतसमेत गरेका छन् । ‘मतदाताको फैसला स्वीकार्य छ’, उनले लेखेका छन्, ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागत ।’
प्रतिनिधि सभा निर्वाचन २०७९ मा रास्वपाले पाएको सफलता हेर्दा अहिलेको मतपरिणाम अप्रत्यासित नभएको शर्माको भनाइ छ । ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्यासित होइन’, उपसभापति शर्माले भनेका छन्, ‘चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने छ ।’
The post मतदाताको फैसला स्वीकार्यः विश्वप्रकाश शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....