ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बालेनले बनाए दोब्बर बढीको अग्रता, अमरेशको गृहपालिकाबाट मतगणना सुरु
2082 General Results Update

बालेनले बनाए दोब्बर बढीको अग्रता, अमरेशको गृहपालिकाबाट मतगणना सुरु

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:42 AM 71 views
<p>काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा अग्रता कायम गरेका छन । ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ । यता, सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली [&#8230;]</p> <p>The post बालेनले बनाए दोब्बर बढीको अग्रता, अमरेशको गृहपालिकाबाट मतगणना सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online N...

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा अग्रता कायम गरेका छन । ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ ।

यता, सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो ।

पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका समेत हो ।

ललितपुर-१ मा कांग्रेसका राणाको अग्रता
ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा बिहान १०ः३० बजेसम्मको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेलले एक हजार ७५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले एक हजार ६५२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल ७७ हजार ७३७ मतदातामध्ये ५२ हजार ६३२ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २८ जना प्रत्यासी छन् ।

The post बालेनले बनाए दोब्बर बढीको अग्रता, अमरेशको गृहपालिकाबाट मतगणना सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082