ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कास्कीका तीनवटै क्षेत्रमा रास्वपा भारी मतान्तरले अघि
2082 General Results Update

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा भारी मतान्तरले अघि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:25 AM 53 views
<p>पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । शुक्रबार बिहान ८ बजेसम्मको मतपरिणाममा कास्की १ मा रास्वपा उम्मेदवार खडकराज पौडेल (गनेश) ले २३०६ मत ल्याएका छन् । नेपाली काँग्रेसका तिलकबहादुर रानाभाट ९६७, नेकपा (एमाले) का वैनबहादुर क्षेत्री (अधिकारी) १४५५, नेकपाका राजकाजी गुरुङले १०८ मत ल्याएका छन् । [&#8230;]</p> <p>The post कास्कीका तीनवटै क्षेत्रमा रास्वपा भारी मतान्तरले अघि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय रा...

पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । शुक्रबार बिहान ८ बजेसम्मको मतपरिणाममा कास्की १ मा रास्वपा उम्मेदवार खडकराज पौडेल (गनेश) ले २३०६ मत ल्याएका छन् । नेपाली काँग्रेसका तिलकबहादुर रानाभाट ९६७, नेकपा (एमाले) का वैनबहादुर क्षेत्री (अधिकारी) १४५५, नेकपाका राजकाजी गुरुङले १०८ मत ल्याएका छन् ।

कास्की १ मा कुल १ लाख १६ हजार ८७८ मतदाता हुन् । खसेकोमध्ये हालसम्म ५१५० मत गणना भएको हो । यहाँ स्वतन्त्रसहित कुल १७ उम्मेदवार हुन् । कास्की १ मा मादी गाउँपालिका (वडा १ देखि १२ पूरै) र रुपा गाउँपालिका (वडा १ देखि ७ पूरै) सहित पोखराका ११ वटा वडाहरु पर्दछन् । पोखराको वडा १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाहरु कास्की १ मा पर्छन् । रुपा गाउँपालिकाबाट मतगणना सुरु भएको हो । कास्की १ मा २०७४ र ०७९ मा एमालेका उम्मेदवारले जित हासिल गरेका थिए ।

यसैगरी, कास्की २ मा रास्वपाका उत्तमप्रसाद पौडेलले ३ हजार ७० मत ल्याएर अग्रता लिइरहेका छन् । ६ हजार १३८ मत गणनामा उनी झण्डै २ हजार मतान्तरले अघि छन् ।
एमालेका रश्मि आचार्यको १ हजार ४१४, काँग्रेसका माधवप्रसाद बास्तोला (मधु) ९३२, नेकपाका हेमबहादुर थापा (किरण) २७६, राप्रपाका हेमजंग गुरुङ ११७ मत रहेको छ । कास्की २ मा स्वतन्त्रसहित कुल १७ उम्मेदवार हुन् ।

कास्की २ मा ८४ हजार १३४ मतदाता छन् । यो निर्वाचन क्षेत्र पोखराको मुख्य बजार क्षेत्र पर्छ । पोखराका वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, र ३३ पर्छ । यो क्षेत्रमा एमालेले २०६४ सालदेखि लगातार जित्दै आएको क्षेत्र हो ।

कास्की ३ मा ३ हजार ८८२ मत गनिसक्दा रास्वपाकी विनाकुमारी गुरुङले २ हजार ७४ मत ल्याएर अग्रता लिएकी छन् । काँग्रेसका मनोज गुरुङ ८९५, नेकपा एमालेका दामोदर पौडेल बैरागी ५६७, नेकपाका गोपाल गिरीको ११८ मत रहेको छ ।

कास्की ३ मा कुल १५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ कुल १ लाख ७ हजार ५६० मतदाता छन् । यो अन्नपूर्ण गाउँपालिका (वडा १ देखि ११ पूरै), माछापुच्छे गाउँपालिका (वडा १ देखि ९ पूरै) र पोखराका ११ वटा वडाहरु पोखराका वडा १, २, ३, ५, ६, १८, १९, २२, २३, २४, २५ पर्दछन् । २०७४ र ०७९ मा कास्की ३ एमालेले जितेको क्षेत्र थियो ।

The post कास्कीका तीनवटै क्षेत्रमा रास्वपा भारी मतान्तरले अघि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082