ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धनकुटामा सर्वदलीय बैठक सुरु
2082 General Results Update

धनकुटामा सर्वदलीय बैठक सुरु

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:57 AM 54 views
<p>धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ । धनकुटास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सामुदायिक भवनमा केही बेरअघिदेखि बैठक सुरु भएको हो । यस क्षेत्रका सबै मतदान केन्द्रहरूबाट बिहीबार राति अबेरसम्म मतपेटिकाहरू सङ्कलन भई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा राखिसकिएका छन्। सर्वदलीय बैठकमा मतगणनाका [&#8230;]</p> <p>The post धनकुटामा सर्वदलीय बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय ...

धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ । धनकुटास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सामुदायिक भवनमा केही बेरअघिदेखि बैठक सुरु भएको हो । यस क्षेत्रका सबै मतदान केन्द्रहरूबाट बिहीबार राति अबेरसम्म मतपेटिकाहरू सङ्कलन भई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा राखिसकिएका छन्।

सर्वदलीय बैठकमा मतगणनाका नियमहरू, प्रतिनिधिहरूको व्यवस्थापन र समय तालिका ’bout छलफल भइरहेको छ। बैठकको निर्णय अनुसार मतगणना हुने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो ।

धनकुटामा रहेका १ सय १९ मतदान स्थलमा रहेका १ सय ६६ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको थियो । धनकुटामा रहेका १ लाख १८ हजार ४ सय २५ मतदातामा ५४ दशमलब ४५ प्रतिशत मात्र मत खसेको छ । अर्थात् ६४ हजार ४ सय ९० जनाले मतदान गरेका हुन् । धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेकोमा ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिला मात्रै मतदानमा सहभागी भएका थिए ।

The post धनकुटामा सर्वदलीय बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082