ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको वर्चस्व, कांग्रेस मुख्य प्रतिस्पर्धी
2082 General Results Result

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको वर्चस्व, कांग्रेस मुख्य प्रतिस्पर्धी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:07 AM 55 views
<p>काठमाडौं । मुलुकको राजनीतिक मुटु मानिने राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता हासिल गरेको छ । गए रातिदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौंका सबै क्षेत्रमा ‘घण्टी’ को लहर देखिएको हो । काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन् । [&#8230;]</p> <p>The post काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको वर्चस्व, कांग्रेस मुख्य प्रतिस्पर्धी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्र...

काठमाडौं । मुलुकको राजनीतिक मुटु मानिने राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता हासिल गरेको छ । गए रातिदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौंका सबै क्षेत्रमा ‘घण्टी’ को लहर देखिएको हो ।

काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन् । उनले नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीलाई ५ हजार ८४८ मतान्तरले पछाडि पारेकी छन् । थापाले ४ हजार ७३३ मत मात्र प्राप्त गरेका छन् । राप्रपाका रवीन्द्र मिश्र २ हजार ७४४ मतका साथ तेस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर २ मा भने रास्वपाका सुनिल केसी र एमालेका मणिराम फुयालबीच रोचक प्रतिस्पर्धा देखिएको छ । केसी ४२४ मतका साथ अगाडि रहँदा फुयालले २३६ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डेले ४ हजार ६४९ मतका साथ अग्रता लिँदा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ३ हजार ३४१ मतका साथ दोस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर ४ मा पुकार बम ३ हजार ९२२ मतसहित अग्रस्थानमा छन् । उनलाई कांग्रेसका सचिन तिमिल्सिना र एमालेका राजन भट्टराईले पछ्याइरहेका छन् । क्षेत्र नम्बर ५ मा सस्मित पोखरेलले ३ हजार ७०० मत प्राप्त गर्दा कांग्रेसका प्रदीप पौडेल १ हजार ७८ मतमा सीमित भएका छन् ।

त्यसैगरी , क्षेत्र नम्बर ६ मा शिशिर खनाल र क्षेत्र नम्बर ७ मा गणेश पराजुलीले ४ हजार ६०० भन्दा बढी मतका साथ फराकिलो अग्रता बनाएका छन् ।

त्यस्तै , क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ ७ हजार ६१७ मतका साथ जितको नजिक पुगेका छन् । उनले कांग्रेस , एमाले र माओवादीका उम्मेदवारलाई निकै पछाडि पारेका छन् ।

क्षेत्र नम्बर ९ मा रास्वपाका डिपी अर्याल १ हजार ५५२ मतका साथ पहिलो स्थानमा छन् । क्षेत्र नम्बर १० मा पनि प्रदीप विष्ट ५ हजार ७६५ मतका साथ अगाडि छन् । उनलाई नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मतका साथ पछ्याइरहेका छन् ।

The post काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको वर्चस्व, कांग्रेस मुख्य प्रतिस्पर्धी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082