ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
 नारायणीमा पुल बन्छ, मेघाैली पिठाैली जोडिन्छ
2082 General Candidates

 नारायणीमा पुल बन्छ, मेघाैली पिठाैली जोडिन्छ

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 10:37 PM 61 views
नवलपरासी।  नेपाल कम्युनिस्ट पार्टी नवलपुर क्षेत्र नम्बर १ का उम्मेदवार लाेक प्रसाद भूर्तेलले मेघाैली र पिठाैलीलाई नारायणी पुलले जोडिने बताएका छन् । चितवन नवलपरासीकाे स्थानीय आवश्यकता मेघाैली र पिठाैली जाेड्ने घाेसरघाट पुल निर्माण हरेक निर्वाचनमा उठ्ने विषय हाे । भूर्तेलले याे पुल निर्माणकाे याेजनालाई आफ्नाे पहिलाे प्रथमिकताकाे विषय बनाएका छन् । नवलपुरकाे मध्यभाग कावासाेती र […]

नवलपरासी। 

नेपाल कम्युनिस्ट पार्टी नवलपुर क्षेत्र नम्बर १ का उम्मेदवार लाेक प्रसाद भूर्तेलले मेघाैली र पिठाैलीलाई नारायणी पुलले जोडिने बताएका छन् ।

चितवन नवलपरासीकाे स्थानीय आवश्यकता मेघाैली र पिठाैली जाेड्ने घाेसरघाट पुल निर्माण हरेक निर्वाचनमा उठ्ने विषय हाे ।

भूर्तेलले याे पुल निर्माणकाे याेजनालाई आफ्नाे पहिलाे प्रथमिकताकाे विषय बनाएका छन् । नवलपुरकाे मध्यभाग कावासाेती र पश्चिम चितवनको ठूलाे क्षेत्रलाई करिब ३ किमि दुरीमै जोडिँदा दुई जिल्लाकाे बिकासमै कायापलट आउने भूर्तेलले पत्रकार सम्मेलन मार्फत बताए ।

निकुञ्ज छ कर्मचारीले टेर्दैनन् भन्नु हुतिहारा कुरा हाे, म जनताका दैनिकीलाई सहजीकरण गर्न उम्मेदवार बनेकाे हूँ संसदबाट जनताका पक्षमा नीति बनाएरै पनि नारायणीमा पुल हालिने भूर्तेलकाे दाबी छ ।

वर्तमानको पूर्व पश्चिम राजमार्ग नबन्दै पश्चिम त्रिवेणी देखि माडी ठाेरी जाेड्ने हुलाकी सडककाे याे निकै चल्तीको घाट हाे ।

उनले भने, जन प्रतिनिधिले चाहे गण्डकी र बाग्मती प्रदेश सरकारले पुल बनाउछ,कावासाेती नगर र भरतपुर महानगरले बनाउछ र पिठाैल मेघाैली जोडिन्छ ।

पत्रकार सम्मेलनमा उम्मेदवार भूर्तेलले विभिन्न दलहरू सहित बृहद गठवन्धनमा रहेको नेपाली कम्युनिस्ट पार्टी बाट तारा चुनाव चिन्ह लिएर आँफू चुनावमा उठेकाे र जनताकाे साथ समर्थनले जित सुनिश्चित रहेको बताए ।

उनले भने राजनैतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण,संविधानकाे रक्षा, आत्म निर्भर अर्थतन्त्रकाे निर्माण, अन्तर पुस्ता युवा लक्षित कार्यक्रम लगायतका बिबिध प्रतिबद्धता सहिता नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएको छु ।

यस्तै स्थानीय स्तरका जनअपेक्षा र आवश्यकता पूरा गर्न ओैधाेगिक क्षेत्र निर्माण, बैज्ञानिक फाेहर व्यवस्थापन,तटबन्ध,बिद्धुत,खानेपानी,सिंचाइ कुलाे,उत्तर दक्षिण सडक स्तराेन्नती, सुकुम्बासी समस्या समाधान लगाएतका याेजना बनाई काम गर्ने प्रतिबद्धता आम मतदाता संग राखेकाे बताए ।

साथै उनले झण्डै अढाई दशक अघि सरकारी सेवामा लेखा अधिकृतकाे अनुभव रहेकाले पनि आँफूलाई जनप्रतिनिधिका रूपमा जनताका काम गर्न कसैले घुमाउन रिगाउन नसक्ने दाबी गरे ।

स्थानीय अदालतचाेक कावासाेतीमा आईतबार आयाेजित सम्मेलनमा नेकपा जिल्ला ईन्चार्ज धन प्रसाद सापकाेटाले देशमा भस्ट्राचारकाे जराे केलाउदा पार्टी अध्यक्ष एवं प्रचण्ड सरकार अपधस्तमा परेकाे प्रसंग निकल्दै मुलुकमा सुशासन र समाजबादका लागि नेकपा तारा चिन्ह लिएर निर्वाचनमा हाेमिएकाे बताए ।

पत्रकार सम्मेलनमा नेपाली कम्युनिस्ट पार्टीका  केन्द्रीय सदस्य बालकृष्ण रानाभाट,अनिल परियार, जिल्ला नेता सुश्मा काफ्ले, प्रेम न्याैपाने,दूर्गा भण्डारी लगायतकाे उपस्थिति रहेको थियाे । 

candidates election 2082