काठमाडौं । काठमाडौं-३ पनि रास्वपाले अग्रता लिएको छ । रास्वपाका राजु पाण्डेले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई २५४ मतले पछि पारेका हुन् । यसअघिस घिसिङले शुरूआतदेखि नै अग्रता लिइरहेका थिए ।
बिहान ५ बजेसम्मको मतगणना अनुसार कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमश: ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् ।
यससँगै काठमाडौंका सबै क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । मतगणना जारी रहेको काठमाडौंका सबै क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि छन् ।
The post काठमाडौं–३ मा कुलमान पछि परे, रास्वपाका राजु अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....