ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौं–८ मा रास्वपाको एकतर्फी अग्रता, कांग्रेस र एमाले निकै पछाडि
2082 General Results Result

काठमाडौं–८ मा रास्वपाको एकतर्फी अग्रता, कांग्रेस र एमाले निकै पछाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:55 AM 54 views
प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै फराकिलो अन्तरसहित अग्रता लिएको छ। रास्वपाले १ हजार ७ सय १४ मत प्राप्त गरेको छ।...

काठमाडौं क्षेत्र नम्बर-८ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।

प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै फराकिलो अन्तरसहित अग्रता लिएको छ। रास्वपाले १ हजार ७ सय १४ मत प्राप्त गरेको छ।

यो मत निकटतम प्रतिस्पर्धीको तुलनामा निकै बढी हो। दोस्रो स्थानमा नेपाली कांग्रेस देखिए पनि मतान्तर विशाल छ। कांग्रेसले २०७ मत मात्र प्राप्त गरेको छ।

त्यस्तै, ‘तारा’ चुनाव चिह्नमा १५४ मत खसेको छ भने नेकपा एमाले ११५ मतसहित चौथो स्थानमा खुम्चिएको छ। उज्यालो नेपाल पार्टीले भने ४६ मत प्राप्त गरेको छ।

results election 2082