ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चुनावी ‘इपिसेन्टर’ झापा-५ मा मतगणना सुरु
2082 General Results

चुनावी ‘इपिसेन्टर’ झापा-५ मा मतगणना सुरु

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:08 AM 46 views
सर्वाधिक चासोको केन्द्र बनेको झापा निर्वाचन क्षेत्र नम्बर-५ मा मतगणना सुरु भएको छ। मतपेटिका संकलन भएसँगै बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि गणना थालिएको हो।...

सर्वाधिक चासोको केन्द्र बनेको झापा निर्वाचन क्षेत्र नम्बर-५ मा मतगणना सुरु भएको छ। मतपेटिका संकलन भएसँगै बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि गणना थालिएको हो।

देशका दुई ‘हेभीवेट’ नेताहरू चुनावी मैदानमा रहेकाले यो क्षेत्रको नतिजालाई कौतूहलताका साथ हेरिएको छ। यहाँ भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच मुख्य प्रतिस्पर्धा छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ लाख ६३ हजार ३७९ मतदाता रहेको झापा–५ मा ६५ प्रतिशतभन्दा बढी मत खसेको छ। यहाँ ओली र बालेनसँगै नेपाली कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङलगायत २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

results election 2082