ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
आलाेक चक्रपथ, उम्मेदवार घर्तीको प्राथमिकतामा
2082 General Candidates

आलाेक चक्रपथ, उम्मेदवार घर्तीको प्राथमिकतामा

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 9:28 PM 45 views
नवलपरासी।  कृषि,पर्यटनसंगै ग्रामिण तथा सहरी बस्तीहरूलाई जोड्ने आलाेक चक्रपथ पूरा गर्न स्थानीय उम्मेदवार ओम बहादुर घर्ती मगरले प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस  नवलपरासी पूर्व क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घर्ती मगरले यहाँको ३८ किलोमिटर लामाे आलाेक  ग्रामीण सडकले दीर्घकालीन एवं रणनैतिक महत्त्व बाेकेकाे बताउदै यसकाे विकासमा जाेड् दिएको बताए । […]

नवलपरासी। 

कृषि,पर्यटनसंगै ग्रामिण तथा सहरी बस्तीहरूलाई जोड्ने आलाेक चक्रपथ पूरा गर्न स्थानीय उम्मेदवार ओम बहादुर घर्ती मगरले प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस  नवलपरासी पूर्व क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घर्ती मगरले यहाँको ३८ किलोमिटर लामाे आलाेक  ग्रामीण सडकले दीर्घकालीन एवं रणनैतिक महत्त्व बाेकेकाे बताउदै यसकाे विकासमा जाेड् दिएको बताए ।

आलाेक चक्रपथले सदरमुकाम कावासाेती नगरपालिका,तराई र पहाडमा फैलिएको हुप्सेकाेट गाउँ पालिका र देशकै मध्यभाग मध्यविन्दु नगरपालिकामा फैलिएको छ ।

स्थानीय हुप्सेकाेटसहित पूर्वी पाल्पाका पहाडी क्षेत्र जोड्ने मुख्य नाका झ्यालबास बाट सुरू हुने  याे चक्रपथ डण्डा,काेल्हुवा,चाेरमाारा,बशन्तपुर,गिरूवारी हुँदै नेपालकै ठूलाे धाैेवादी फलाम खानीकाे  प्रवेश द्वारसंग जाेडिने स्थानीयहरू बताउँछन् ।

पूर्व पश्चिम महेन्द्र राजमार्गसंग जाेडिने याे पथकाे निर्माणले स्थानीयलाई शिक्षा,स्वास्थ्य र कृषकका उत्पादनलाई बाह्य बजारसंग जाेड्न पनि सहायक हुने हुँदा यसकाे पूर्णतामा कटिबद्ध भएर  लाग्ने युवा उम्मेदवार घर्ती मगरले बताए ।

साथै उनले समग्र क्षेत्रकै आवश्यकता बुझेको र  यसकाे समान विकासमा आफू याेजनागत ढङ्गले लागेकाे बताउदै आएका छन् ।

स्थानीयहरू घर्तीको उम्मेदवारीले यस क्षेत्रकाे बिकास हुने कुरामा आशा पलाएकाे बताउँदै उनलाई घरदैलो र मतदाता भेटघाटमा साथ दिईहेकाछन् । उम्मेदवार घर्ती मगरले पनि जनताका बिकाशबादी अपेक्षा पूरा गर्न सदा जनतासंगै रहेर काम गर्ने जनाएका छन् ।

यसरी दिनहुँ मतदाता भेटघाटका लागि घरदैलो गरि रहेका ओम घर्ती मगरले आइतबार त्रिवेणी क्षेत्रमा घरदैलो गरेकाे नेपाली काँग्रेस जिल्ला सदस्य आर पी उपाध्यायले बताए ।

त्रिवेणीमा आयोजित काेण सभामा घर्तीले गण्डकी प्रदेशकाे भारतसंग जाेडिने नाका सम्मकाे पहुँचका लागि दुम्किबास त्रिपेणी सडक खाेल्न अपरिहार्य रहकाे र यस कार्यमा पहल कदमी लिन आफू बचनबद्ध रहेको बताए ।

उनले स्थानीय क्षेत्रकाे बर्सेनि हुने डुबान तथा खहरेेहरूकाे कटान राेक्न नीति गत ढंगले लागि  कुराले भन्दा कामले नै गरेर देखाउने त्रिवेणीबासी संग प्रतिज्ञा गरेका छन् ।

उनले यहाँको त्रिवेणी बजार,शिवपुर,रानीनगर, महलबारी लगायतका क्षेत्रमा घरदैलो गरी मतदातासंग मत मागेका छन् । 

candidates election 2082