ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २४ जना पक्राउ, होल्ड भए २ हजार ५९७ सवारी
2082 General Election-law

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २४ जना पक्राउ, होल्ड भए २ हजार ५९७ सवारी

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:00 PM 66 views
देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकाबाट एकजना, कोशी प्रदेशबाट तीनजना, मधेस प्रदेशबाट चारजना, बागमती प्रदेशबाट सातजना, गण्डकी प्रदेशबाट तीनजना, लुम्बिनी प्रदेशबाट एकजना, कर्णाली प्रदेशबाट एकजना र सुदूरपश्चिम प्रदेशबाट चारजना गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

निर्वाचनको समयमा आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैगरी, निर्वाचन अवधिमा आचारसंहिता उल्लंघन गर्दै अनुमतिबिना सञ्चालन गरिएका २ हजार ५९७ सवारीसाधन पनि प्रहरीले होल्ड गरेको छ।

प्रहरीका अनुसार होल्ड गरिएका सवारीसाधनमध्ये २ हजार ३५१ वटा दुईपाङ्ग्रे र २४६ वटा चारपाङ्ग्रे रहेका छन्।

election-law election 2082