काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो।
निर्वाचन आयोगका अनुसार आज मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो। यता ओखलढुंगाको माने भन्ज्याङमा स्थानीयले मतदान बहिष्कार गरेका छन्।
त्यस्तै, दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता मावि जिल्ला मतदान केन्द्रमा भने मतदाताहरूले मतदान नै बहिस्कार गरेका छन् ।
The post प्रतिनिधिसभा निर्वाचन : देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....