काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो २ बजेसम्म ६ लाख २२ हजार ४२ मत खसेका छन्।
प्राप्त विवरणअनुसार यस अवधिमा सबैभन्दा बढी कोसी प्रदेशमा ११ लाख ४९ हजार ५७१ मत खसेका छन्। दोस्रोमा मधेस प्रदेशमा १० लाख २४ हजार ४४१ जनाले भोट हालेका छन्।
यसपछि लुम्बिनीमा ९ लाख ७७ हजार ४१९ मत खसेका छन्। यसैगरी बागमती प्रदेशमा ८ लाख ५३ हजार ५२९ जनाले मत हालिसकिएको छ। यद्यपि यो तथ्यांकमा काठमाडौं उपत्यकाका तीन जिल्लामा खसेका मत जोडिएको छैन।
कुन प्रदेशमा कति ?
The post प्रतिनिधि सभा निर्वाचन :देशभर ३३ प्रतिशत मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....