2082 General
Parties
सर्लाहीमा खस्यो ५० प्रतिशत मत
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 2:55 PM
46 views
सर्लाहीमा हालसम्म ५० प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीमा ५० प्रतिशत मत खसेको हो । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले जानकारी दिए । सर्लाहीमा चार वटा निर्वाचन क्षेत्र छन् । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमरेशकुमार सिंह मुख्य प्रतिस्पर्धामा छन् । कुल ६ सय २८ वटा मतदान स्थल रहेको सर्लाहीमा प...
सर्लाहीमा हालसम्म ५० प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीमा ५० प्रतिशत मत खसेको हो । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले जानकारी दिए । सर्लाहीमा चार वटा निर्वाचन क्षेत्र छन् । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमरेशकुमार सिंह मुख्य प्रतिस्पर्धामा छन् । कुल ६ सय २८ वटा मतदान स्थल रहेको सर्लाहीमा पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् ।
parties
election 2082