ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गोरखामा साढे २ बजेसम्म २८.३३ प्रतिशत मत खस्यो
2082 General Election

गोरखामा साढे २ बजेसम्म २८.३३ प्रतिशत मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:00 PM 57 views
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ः३० बजेसम्ममा २८.३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।...

गोरखामा हालसम्म २८ प्रतिशत मत खसेको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ः३० बजेसम्ममा २८.३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

गोरखामा हालसम्म ३४ हजार १ सय ४९ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका टेक रानाले जानकारी दिए।

उनका अनुसार दिउँसो २ः३० बजेसम्म महिला १६ हजार ६ सय २३ र पुरुष १६ हजार ५ सय ४५ जनाले मतदान गरेका छन्।

मतदान शान्तिपूर्ण रुपमा भइरहेको गोरखाका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए। ‘मतदान शान्तिपूर्ण छ’, उनले भने, ‘अवाञ्छित क्रियाकलाप केहि छैन।’

दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५ सय २५ जना मतदाता रहेका छन् भने २ मा १ लाख ८ हजार ५ सय ३३ मतदाता छन्।

गोरखा-१ मा एक स्वतन्त्रसहित १२ जना र गोरखा २ मा एक स्वतन्त्रसहित १३ जना उम्मेदवार प्रतिष्प्रर्धामा छन्।

election election 2082