ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कैलाली कारागारमा २६ जना कैदीबन्दीले मतदान गरे
2082 General Election

कैलाली कारागारमा २६ जना कैदीबन्दीले मतदान गरे

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:20 PM 55 views
धनगढीस्थित कारागार भित्र रहेको अस्थाई मतदान केन्द्रमा २३ जना पुरुष र तीन महिला गरि २६ कैदीबन्दीले मतदान गरेका छन।...

कैलाली जिल्ला कारागारमा रहेका २६ जना कैदीबन्दीले मतदान गरेका छन्।

धनगढीस्थित कारागार भित्र रहेको अस्थाई मतदान केन्द्रमा २३ जना पुरुष र तीन महिला गरि २६ कैदीबन्दीले मतदान गरेका छन। कैदीबन्दीले समानुपातिकतर्फ मतदान गरेका हुन।

कैलाली कारागारमा ५ सय १२ जना कैदीबन्दी रहेकामा ३० जनाको नाम मात्रै मतदाता नामावलीमा रहेको अस्थायी मतदान केन्द्रका मतदान अधिकृत शिवराज जोशीले बताए।

मतदाताको सूचीमा नाम रहेकामध्येमा पनि तीन कैदीबन्दी कारागारमुक्त भइसकेको र एकलाई अन्यत्र लगिएको छ।कारागारसहित धनगढी, गोदावरी नगरपालिकाको अत्तरिया तथा टीकापुरमा अस्थायी मतदान केन्द्र राखिएको छ।

election election 2082