ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
2082 General Parties Update

कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 6:29 PM 74 views
<p>बाजुरा । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार कानुन कार्यान्वयनमा प्रतिवद्ध रहेको बताएका छन् । सुदूरपश्चिमको बाजुरामा निर्वाचन अघि शान्ति सुरक्षाको अवस्था&#8217;bout जानकारी लिन पुगेका गृहमन्त्री अर्यालले कानुन विपरितका कार्य कसैले पनि नगर्न आग्रह गरे । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलिय तथा सर्वपक्षी बैठकमा मन्त्री अर्यालले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैलाई आग्रह [&#8230;]</p> <p>The post कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल...

बाजुरा । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार कानुन कार्यान्वयनमा प्रतिवद्ध रहेको बताएका छन् ।

सुदूरपश्चिमको बाजुरामा निर्वाचन अघि शान्ति सुरक्षाको अवस्था’bout जानकारी लिन पुगेका गृहमन्त्री अर्यालले कानुन विपरितका कार्य कसैले पनि नगर्न आग्रह गरे । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलिय तथा सर्वपक्षी बैठकमा मन्त्री अर्यालले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैलाई आग्रह गरे ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि बनेको सरकारले निर्वाचनको जिम्मेवारी लिएकाले निर्वाचन नहुनेमा कुनै शंका नगर्न गृहमन्त्री अर्यालले आग्रह गरे । निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पाएकाले हदैसम्म सहजीकरण गर्न सरकार पछि नहट्ने उनको भनाइ थियो ।

गृहमन्त्री अर्यालले राजनितिक र प्रशासनिक सुशासन प्रत्याभूत गराउन निर्वाचन आवश्यक भएको बताए । कर्मचारी र सुरक्षाकर्मीलाई कोही कसैको पनि पक्षधर नबन्न उनले निर्देशन दिए । उनले सुरक्षाकर्मी र नागरिक माथि कुनै किसिमको हिंसा हुन नदिन जिल्लामा दलहरु प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।

गहृमन्त्री अर्याल तथा गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोली जिल्ला आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

The post कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082