2082 General
Election
बसेनी चोकस्थित सिद्धिविनायक मावि मतदान केन्द्रमा विवादपछि सुरक्षा कडाइ
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:25 AM
44 views
भरतपुर । चितवनको बसेनी चोकस्थित सिद्धिविनायक माध्यमिक विद्यालय मतदान केन्द्रमा आज मतदानका क्रममा विवाद उत्पन्न भएको छ। दानबहादुर रानाभाटको टेबलमा एक व्यक्तिले अर्काको नामबाट मतदान गरेको पाइएपछि दानबहादुर रानाभाटलाई नियन्त्रणमा लिइएको सूचना प्राप्त भएको छ। रानाभाटलाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएसँगै मतदान केन्द्रमा थप २५ जना सुरक्षाकर्मी खटाइएको छ। अहिले सो केन्द्रमा सुरक्षा व्यवस्था कडा […]
भरतपुर ।
चितवनको बसेनी चोकस्थित सिद्धिविनायक माध्यमिक विद्यालय मतदान केन्द्रमा आज मतदानका क्रममा विवाद उत्पन्न भएको छ। दानबहादुर रानाभाटको टेबलमा एक व्यक्तिले अर्काको नामबाट मतदान गरेको पाइएपछि दानबहादुर रानाभाटलाई नियन्त्रणमा लिइएको सूचना प्राप्त भएको छ।
रानाभाटलाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएसँगै मतदान केन्द्रमा थप २५ जना सुरक्षाकर्मी खटाइएको छ। अहिले सो केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान प्रक्रिया नियमानुसार सञ्चालन भइरहेको सम्बन्धित स्रोतले जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयले घटनाबारे आवश्यक छानबिन सुरु गरिएको जनाएको छ।
election
election 2082