ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
देशभर १० लाख बढीले गरे मतदान
2082 General Commission Update

देशभर १० लाख बढीले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:03 AM 64 views
<p>काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा मतदान जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म साढे १० लाख मत खसेको छ । बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ [&#8230;]</p> <p>The post देशभर १० लाख बढीले गरे मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polit...

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा मतदान जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म साढे १० लाख मत खसेको छ ।

बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

The post देशभर १० लाख बढीले गरे मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082