ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
एमाले धनकुटा उम्मेदवार राईद्वारा मतदान
2082 General Candidates Update

एमाले धनकुटा उम्मेदवार राईद्वारा मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:46 AM 56 views
<p>धनकुटा । प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट उमेदवार रहनु भएका पूर्व मन्त्री तथा नेकपा एमालेका राजेन्द्रकुमार राईले मतदान गरेका छन् । बिहीबार मतदान केन्द्रमा पुगेर उमेदवार राईले मतदान गरेका हुन् । उमेदवार राईले धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगा स्थित सरस्वती प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका थिए । उनको जन्मघर समेत यहीँ रहेको छ भने बिहानै मतदान [&#8230;]</p> <p>The post एमाले धनकुटा उम्मेदवार राईद्वारा मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-...

धनकुटा । प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट उमेदवार रहनु भएका पूर्व मन्त्री तथा नेकपा एमालेका राजेन्द्रकुमार राईले मतदान गरेका छन् । बिहीबार मतदान केन्द्रमा पुगेर उमेदवार राईले मतदान गरेका हुन् ।

उमेदवार राईले धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगा स्थित सरस्वती प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका थिए । उनको जन्मघर समेत यहीँ रहेको छ भने बिहानै मतदान स्थल पुगेर मद खसालेका थिए । यस्तै आम जनता पार्टिबाट उमेदवार रहेका प्रेम बहादुर थापाले पनि यहीँ मतदान केन्द्रमा मत खसालेका थिए भने थापाको जन्म स्थान पनि यहीँ रहेको छ ।

मतदान केन्द्रमा निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएको र सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

The post एमाले धनकुटा उम्मेदवार राईद्वारा मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082